राजनीति

अफगानिस्तान घटनाबारे सरकारको धारणा स्पष्ट गर्न बाँस्कोटाको माग

दुनियाँ भर मादल बज्दा पनि सरकार नब्यूँझिएको आरोप


काठमाडौँ – नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले अफगानिस्तान प्रकरणमा सरकारको धारणा स्प्रष्ट पार्न माग राखेका छन् । प्रतिनिधि सभामा बोल्दै उनले सार्कको सदस्य राष्ट्र रहेको अफगानिस्तानमा त्यत्रो घटना हुँदा पनि सार्ककै अध्यक्ष राष्ट्र नेपालले त्यसबारे आफ्नो धारणा राख्न नसकेको भन्दै आपत्ति जनाए ।

‘अफगानिस्तानको घटना क्रान्ति हो कि प्रतिक्रान्ति हो कि के हो ?’ उनले भने, ‘हाम्रो कुनै दृष्टिकोण छैन ?’ उनले यसबारे सरकारले दृष्टिकोण प्रस्ट पारोस् भन्दै रुलिङको माग गरेका हुन् । उनले भने, ‘सरकार कहाँ छ ? जनता जान्न चाहन्छन्’ भन्दै प्रश्न गरे ।

उनले परमादेश सरकार दुनियाँ भर मालद बज्दा पनि नब्यूँझिएको आरोप लागए । अफगानिस्तानमा २० वर्षपछि इतिहास दोहोरिएको छ । दुनियाँ चकित छ, त्रसित छ, किंकर्तव्यविमूढ छ,’ उनले भने, ‘विदेशी नागरिकहरु, त्यहाँ रहेका नेपालीहरु त्रस्त छन् । संकटमा परेका नेपालीको आफ्नो देश छ, आफ्नो देशमा सरकार छ भन्ने त्यहाँ रहेका नेपालीले थाहा पाएनन्,’ उनले भने, ‘अफगानिस्तानमा रहेका नागरिकको रक्षा हुनुपर्छ, तिनको फिर्तीको व्यवस्था हुनुपर्छ ।’