राजनीति

अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौँ – आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेकोक छ । मन्त्रिपरिषद्को बैठकले उद्धारका लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक कार्य अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको हो ।

तालिबान विद्रोही काबुल प्रवेश गरेपछि आ–आफ्ना देशले नागरिक फिर्ता लैजान थालेका छन् । नेपालले पनि आफ्ना नागरिक स्वदेश फर्काउन आवश्यक तयारी गरिरहेको छ ।