राजनीति

प्रचण्ड भन्छन्- अफगास्तिानमा रहेका नेपालीको सुरक्षा र उद्दारमा प्रभावकारी कदम चालियोस्


काठमाडौँ – तालिवानले अफगानस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै त्यस विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भनाई राखेका छन् । प्रचण्डले अफगानिस्तानमा रहेको नेपालीको उद्दारका लागि सरकारलाई प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन् । उनले हालको सर्वाधिक महत्त्वपूर्ण विषय त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्दार रहेको पनि बताएका छन् । त्यसमा आफ्नो पार्टीको सहयोग रहने उनको भनाइ छ ।

“हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम प्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस आपातकालीन अवस्थामा सर्वाधिक महत्त्वको कुरा त्यहाँ रहेका नेपालीको सुरक्षा र ऊद्दार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् । यसका लागि मेरो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने पनि जानकारी गराउँदछु,” प्रचण्डले वक्तव्यमा भनेका छन् ।
अफगानस्तानमा तालिवानले कब्जा गरेसँगै विभिन्न आफ्ना मुलुकको नागरिकहरुलाई स्वदेश फर्काउन थालिसकेका छन् ।