खेलकुद

महान् खेलाडी मुलरको निधन


काठमाडौँ – जर्मनी तथा बायर्न म्युनिखका लेजेण्ड स्ट्राइकर गर्ड मुलरको ७५ वर्षको उमेरमा निधन भएको छ।

मुलरले बायर्नका लागि ४ सय २७ बुन्डेसलिगा खेलमा कीर्तिमानी ३ सय ६५ गोल गरेका थिए। उनले युरोपियन खेलमा ७४ खेलमा ६६ गोल गरेका थिए। मुलरले पश्चिम जर्मनीका लागि ६२ खेलमा ६८ गोल गरे । सन् १९७४ को विश्वकप फाइनलमा पश्चिम जर्मनीले नेदरल्यान्ड्सलाई पराजित गर्दा मुलरले नै निर्णायक गोल गरेका थिए ।

एक पटकको बालोन डी ओर विजेता मुलरले क्लब फुटबलमा बायर्नका लागि सबै उपाधि जितेका थिए।