राजनीति

एमसीसीबारे प्रष्ट पार्न माओवादी केन्द्रीय सदस्यहरुको माग


काठमाडौँ – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे प्रष्ट पार्न माग गरेका छन् ।

शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ‘एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीति अनुसार कूटनीतिक सम्वादका माध्यमबाट हल गर्न प्रयत्न गर्ने’ मात्र भनिएको छ ।