काठमाडौँ – एएफसी महिला एसिया कपको छनोटका लागि बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीका १७ जना खेलाडी बाहिरिएका छन् । उनीहरु बाहिरिएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले दोस्रो चरणका लागि २८ खेलाडी राखेको छ ।
पाँचजना नेपाल पुलिसका खेलाडी परीक्षाका कारण सहभागी भएका थिएन् । त्यस्तै, एकजना खेलाडी कोरोना संक्रमणका कारण प्रशिक्षणमा सहभागी भएकी थिएनन् ।
एन्फाले पहिले जम्मा ४५ जना खेलाडी बन्द प्रशिक्षणमा राखेको थियो । एसिया कप छनोटअन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।


प्रतिक्रिया