अर्थनीति

मिर्मिरे लघुवित्तले २० प्रतिशत बोनस बाड्ने प्रस्ताव


काठमाडौँ – मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको शनिबार सम्पन्न बैठकले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ८ करोड ७० लाख १४ हजार २३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति भई लघुवित्तको साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

लघुवित्तको हाल कम्पनीको चुक्ता पूँजी ४३ करोड ५० लाख ७१ हजार रहेको छ । बोनसपछि ५२ करोड २० लाख ८५ हजार रुपैयाँ पुग्नेछ ।

May be an image of text