राजनीति

बाँस्कोटाको ट्विट : भैंसी पूजा र होलीवाईन समारोह किन ?


काठमाडौँ – नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले व्यक्ति र धर्म संस्कृति जोडिएकै थिएन भने भैसीपूजा र होली वाइन समारोह किन आयोजना गरिए ? भन्दै प्रश्न उठाएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपाललाई व्यङ्ग गर्दै उक्त प्रश्न उठाएका हुन् ।


बाँस्कोटाले जलारी र राम मन्दिरको विरोध किन गरेको ? भन्दै प्रश्न समेत गरेका छन् । उनले छुवाछुत व्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या भन्दै हिन्दु संस्कृतिको अंग नभएको स्पष्ट पारेका छन् ।

केही वर्षअघि सुनसरीको चतरामा भएको महायज्ञमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भैंसीपूजा गरेको निकै चर्चा भएको थियो । प्रचण्ड स्वम धर्म नमान्ने कम्युनिष्ट नेता भएको बताइएको समयमा प्रचण्डले गरेको भैसी पूजाको चौतर्फी विरोध पनि भएको थियो । नेकपा एमालेका वरिष्ठ नेता नेपालले विवादास्पद धर्म प्रचारक संस्थाको कार्यक्रमा सहभागी भएर होली वाइन पिएको भन्दै चर्को आलोचना भएको थियो । पछि नेता नेपालले स्पष्टिकरण नै दिएका थिए ।