राजनीति

माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी


काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बैठक बसिरहेको छ । स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीको बैठक बसेको हो । स्थायी समितिको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बस्नेछ । बैठक आज बिहान ११ बजे बत्तीसपुललीस्थित अनुपम फुडल्याण्डमा बस्ने तय छ । सो बैठकमा हिजो प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल हुने छ ।