राजनीति

माधवले तय गर्छन् ओली–प्रचण्डको शक्ति (भिडियोसहित)


काठमाडौँ – सत्तामा नेपाली काँग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा देखिएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली कै बीचमा राजनीति घुमिरहेको छ । तर दुबै शक्तिलाई एमालेका वरिष्ठ नेता माधव नेपालको भूमिकाले निर्धारण गरिरहेका छन् ।

संसदीय अभ्यासमा काँग्रेस सभापतिसमेत प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख सत्ताधारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख प्रतिपक्षको भूमिकामा छन् । तर राजनीतिकोमुख्य प्रतिस्पर्धा भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच चलिरहेको छ । सरकार ढाल्ने र बनाउने खेलमा मियो बनेका प्रचण्डकै कारण ओलीले सत्ता गुमाउनु परेको छ ।

जसकै कारण सदनदेखि सडकसम्म ओली र ओली नजिककाहरुले प्रचण्डलाई मुख्य निशाना बनाएका छन् । जसको एक उदाहरण शनिबार दाङमा देखिएको छ । प्रचण्डले चालेका गोठीकै कारण लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट हात धोएर दाङ पुगेका एमाले नेता शंकर पोखरेलले ढाँडमा टेकेर र टाउकोमा हान्ने जनयुद्धकाल नीति प्रचण्डले नछोडेको आरोप लगाए । पोखरेलले मुख्य प्रतिद्धन्द्धी प्रचण्ड नै भएको संकेत गर्दै प्रधानमन्त्री देउवा त आवरण मात्र रहेको दाबी गरे ।

ओली र प्रचण्डबीचको शक्तिसंघर्षमा एमाले वरिष्ठ नेता नेपाल भने जब्बर भूमिकामा छन् । नेकपा विभाजनदेखि नै प्रचण्ड–माधवको मोर्चा बनाएर ओलीविरुद्धका कार्यमा संलग्न नेपाल एमाले पूर्ववत अवस्थामा फर्किएपनि प्रचण्डलाई सघाउँदै आएका छन् । विपक्षीलाई सत्तामा पु¥याउनेदेखि माओवादी केन्द्रले नेतृत्व गरिरहेका प्रदेश सरकार बचाउन नेपालको भूमिकानिर्णायक छ ।यसैकारण प्रतिपस्र्धाको मैदानमा ओलीभन्दा प्रचण्डको शक्ति ग्राफ उक्लीदै गइरहेको छ ।तर एमाले विभाजन र एकताको दोसाधमा रहेका बेला नेता नेपालले चाल्ने कदमकै आधारमा ओली–प्रचण्डको शक्ति मापन हुने देखिन्छ ।