समाचार

कौसी खेती: न विषादीको डर, न महङ्गीको मार


काठमाडौँ – आजभोलि सहरी क्षेत्रमा कौसी खेती लोकप्रिय हुँदै गएको छ । काठमाडौँ उपत्यका कृषि योग्य जमिन शहरीकरण भएपछि कौसी खेतीतर्फ उपत्यकाबासीको आर्कषण बढ्न थालेको छ । बाहिरबाट आएको विषादीयुक्त र सडेगलेका बासी तरकारी खान बाध्य सहरवासीको अहिले कौसी खेतीमा आर्कषण बढ्न थालेको हो । कौसी खेतीबाट उपभोग मात्रै्र होइन, आयआर्जन पनि गर्न सकिने देखिएको छ ।

बढ्दो शहरीकरणका कारण काठमाडौँ उपत्यकामा तरकारी लगाउन खाली जमिन पाउन मस्किल हुन्छ । गाउँ घरमा जस्तो शहरमा पर्याप्त मात्रमा जग्गा हुदैन । भएकोको जग्गा जमिन पनि घर बनाइएको छ । गाउँघर प्राय मानिसहरु शहरमा नै बस्ने गर्छन । त्यसकारण गर्दा पनि शहरमा तरकारी उत्पादन गर्न जमिन पाइदैन । १० वर्ष अघिको जनगणनालाई आधार मान्ने हो भने काठमाडौँ उपत्यकामा साढे तीन लाख हाराहारी घरहरु थिए । पछिल्लो १० वर्षमा थपिएका घरहरुको छत झण्डै १० लाख हाराहारी हुन सक्ने अनुमान गरिन्छ । तर, पनि पछिल्लो समय काठमाडौँ शहरमा कौसीमा नै तरकारीहरु हरियाली देखिन थालेको छ । कौसीमा रहेको सानो स्थानमा मानिसहरुले विभिन्न विधि प्रयोग गरेर तरकारीदेखि फलफूल समेत लगाउन थालेका छन् ।

कौसीको सानो क्षेत्रमै गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केट लगायतमा माटो र मलखाद राखेर उत्पादन गरिएको छ । यसमा गोलभेँडा, सिमी, बोडी, करेला काँक्रो, फर्सी, धनियाँ, लसुन, प्याज, , काउली, बन्दालगायत थुप्रै तरकारी लगाएको देन्खिन्छ । घरको तल रहेको जमिन, छत र कौसीमा फलेको तरकारीमा विषादी पनि नहुने र बजारको महँगीबाट पनि जोगिने कृर्षकहरु बताउछन् । कौसी खेतीबाट महिनामा लाखौँ आम्दानी गर्न सक्ने कृषकहरु बताउछन् ।

कृषि प्रधान देशमा कृषि उपजप्रति परनिर्भरता बढेको बखतमा परनिर्भरतालाई रोक्न व्यवसायिक कृषि खेती उत्तम रहेको छ । किसानले यसरी उत्पादन गरेको तरकारीलाई राज्यले समर्थन मुल्य तोकेर खरिद गर्ने व्यवस्था मिलाउनु पर्ने राष्ट्रिय कृषक समुह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेत बताउछन् ।

कौसीबारीमा मिश्रित खेती अपनाउँदा परिवारलाई दैनिक उपभोगका लागि आवश्यक पर्ने वस्तु प्राप्त हुनुका साथै सन्तुलित आहारका लागि पनि सहयोग पुग्छ । शहरमै जन्मे–हुर्केका धेरै मानिसलाई खेतीको विषयमा थाहा हुदैन र माटोसँग पनि खेलेका हुँदैनन् । तर, इच्छा भए तरकारी फलाउन बारीमा पुग्नै पर्दैन भन्ने सन्देश कौसीखेती गर्नेहरूले दिएका छन् ।