विदेश

तालिबानसँग भिड्ने राष्ट्रपति घानीको घोषणा, तत्काल राजीनामा नदिने


काठमाडौँ – अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले जनतामाथि ‘युद्धको भार थप्न नदिने’ बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै घानीले अफगानिस्तानले पछिल्ला २० वर्षमा जे हाँसिल गरेको छ, त्यो उपलब्धि हराउन नदिने बताएका हुन् ।

तर उनले तालिबानविरुद्ध सुरक्षाबलको पुनस्परिचालन गरिने बताएका छन् । हामी अफगानिस्तानको थप हत्यालाई अनुमति दिने छैनौं, न त हामी सार्वजनिक सम्पत्तिलाई थप विनाश गर्न दिनेछौु, उनले भने ।

घानीले राष्ट्रपतिले अफगानी जनताहरू आफ्नो भविष्य को लागि चिन्तित रहेको बताएका छन् । ुराष्ट्राध्यक्षको रूपमा म तपाइँलाई के आश्वासन दिन चाहन्छु भने मेरो ध्यान भविष्यमा अस्थिरता, हिंसा र मानिसहरुको विस्थापन रोक्न नै हुनेछु, उनले भने ।

बीबीसीका अनुसार काबुलमा तालिबान कब्जाले भन्दा काबुल हुने सम्भावित युद्धले डराइरहेका छन् । भलै उनीहरू तालिबान कब्जाको समर्थनमा छैनन्। घानीले स्थानीय नेताहरू र अन्तर्राष्ट्रिय सहयोगीहरुसँग अफगानिस्तानको स्थितिको बारेमा कुरा गरिरहेको बताए ।

पदबाट राजीनामा चर्चा मात्रै

घानीले शनिबार दिउँसो सरकारी टेलिभिजन मार्फत देशलाई सम्बोधनका क्रममा पदबाट राजीनामा गर्ने अनुमान पनि चलिरहेको थियो । तर अहिलेसम्म यस बारे कुनै ठोस जानकारी उपलब्ध भइसकेको छैन् ।

घानीले आफ्नो सन्देशमा पद छोड्ने वा राजीनामा दिने कुनै उल्लेख गरेनन्। घानीले भने, ‘वर्तमान स्थिति मा अफगानिस्तानको सुरक्षा बल र सेनाको पुनस्परिचालन हाम्रो पहिलो प्राथमिकता हो ।’

यो सम्बोधन यस्तो समयमा भइरहेको छ, जब तालिबान लडाकुहरू अफगानिस्तान को राजधानी काबुल को धेरै नजिक आइरहेका छन् । देशका ३४ मध्ये १८ वटा राज्य तालिबानले कब्जा गरिसकेको छ ।