राजनीति

अर्को चुनावमा माओवादी ठूलो दल बन्न सक्छ : प्रचण्ड


काठमाडौँ – सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावबाट आफूहरु फेरि प्रमुख शक्तिका रुपमा फर्किन सक्ने दाबी गरेका छन् ।

शनिबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा आठ पेज लामो राजनीतिक र संगठनात्मक प्रस्ताव पेश गर्दै प्रचण्डले त्यसका लागि नेता कार्यकर्ता सबैले कठोर मिहिनेत गर्नु जरुरी रहेको बताएका छन् ।