राजनीति

शशांक निवासमा पौडेल पक्षका नेताहरु छलफलमा


काठमाडौँ – नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बसेको छ ।

शनिबार दिउँसो पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु धारणा बनाउन छुट्टै छलफलमा जुटेका हुन् ।

बिहीबार शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा नेता महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ । महामन्त्री कोइरालाको निवासमा बसेको बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत सहभगी छन् ।