राजनीति

पुसको दोस्रो सातामा पार्टी महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो पुसमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । शनिबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले पुस ११, १२ र १३ गते महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका हुन् ।

प्रचण्डले आफ्नो राजनीतिक तथा सांगठिनक प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश गर्दै पुस दोस्रो साता महाधिवेशन गर्ने प्रस्ताव गरेका बैठकमा सहभागी एक नेताले जानकारी दिए । प्रचण्डले भदौ मसान्तसम्म सदस्यता वितरण गर्ने, असोज १० गतेसम्म सबै टोल टोलमा सेल कमिटी गठन गर्ने, असोज २० गतेभित्र वडा भेला गरिसक्ने र असोज ३० गतेभित्र गाउँपालिका र नगरपालिकाको सम्मेलन सक्ने कार्ययोजना बैठकमा प्रस्तुत गरेका छन् । कार्तिक ३० गते जिल्ला, मंसिर १५ गते प्रदेशको सम्मेलन सकेर पुस ११ देखि १३ सम्म राष्ट्रिय महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव छ ।