काठमाडौँ – कोभिड–१९ को डेढ वर्ष व्यतीत गरिसकेका छौं त्यसैका कारण देशको आर्थिक अवस्था लथालिंग भएको छ । उद्यायो व्यापार व्यवसाय सब चौपट भएको छ । यसैबीच नेपालमा राजनीतिक फेरबदल पनि भयो । झण्डै दुई तिहाइको बहुमतको कम्युनिष्ट नेतृत्वको सरकार ढलेर कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बनेको छ ।
कांग्रेस नेतृत्वको सरकार बनेसँगै साउन २६ गते अर्थमन्त्री जनार्दन शर्माले श्वेत पत्र जारी गर्नुभएको छ । हिजो बिहीबार साउन २९ गते नेपाल राष्ट्र बैंकका गभर्नर महा अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नुभयो । श्वेत पत्र हो के ? के मौद्रिक नीतिले परिवर्तन ल्याउन सक्छ ? यस्तै समग्र आर्थिक नीतिलाई केन्द्रमा राखेर आजको योहो बहसमा कुराकानी गरिएको छ ।
आजको अंकमा अतिथिको रुपमा डाक्टर दिलनाथ दंगाल हुनुहुन्छ । उहाँ अर्थशास्त्री हुनुहुन्छ । पूरा अन्तर्वार्ता हेर्नुहोस् ।
प्रतिक्रिया