राजनीति

बैठक बस्नु अघि केन्द्रीय सदस्यहरुको एन्टिजेन परीक्षण


काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही बेरमा बस्दै छ । बैठक बस्नु अघि केन्द्रीय सदस्यहरूको एन्जिजेन परीक्षण गरिएको छ ।

एन्जिजेनको परीक्षण बैठक बस्न लागको बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा गरेको हो । आज बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी संगठनबारे छलफल गर्ने गरी माओवादीले तयारी गरेको छ ।

प्रचण्डले वाम–लोकतान्त्रिक गठबन्धनको सहकार्य, सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरूको मोर्चा बनाउन पहल गर्ने जस्ता विषय प्रतिवेदनमा समेट्नुभएको छ । प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई पनि प्रतिवेदनमा उल्लेख गरिएको प्रचण्ड निकट एक नेताले जानकारी दिनुभयो । आजै बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका एजेन्डा तय गरेको थियो ।