देश

बाबुले चलाएको गोली लागी छोराको मृत्यु


काठमाडौँ – पाल्पामा बाबुले हानेको गोलीले लागेर छोराको ज्यान गएको छ । ५६ वर्षीय कर्णबहादुर लम्तरी मकैबारीमा आएको स्याललाई हानेको गोली ३६ वर्षीय छोरा धनबहादुरलाई लाग्दा उसको घटनास्थलमा नै मृत्यु भएको हो ।

रिब्दीकोट गाउँपालिका–६ तल्लोतालका मृतक धनबहादुर शिक्षक हुन् । उनले स्थानीय नारायण माविका प्राथमिक विद्यालयमा अध्यापन गराउथे । कर्ण बहादुरलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ