राजनीति

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, पार्टी संगठनबारे आवश्यक निर्णय लिने


काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज सुरु हुँदैछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्ने प्रवक्ता नारायाण्काजी श्रेष्ठले जानकारी दिनुभयो ।


मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी संगठनबारे छलफल गर्ने गरी माओवादीले तयारी गरेको छ । प्रचण्डले वाम–लोकतान्त्रिक गठबन्धनको सहकार्य, सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरूको मोर्चा बनाउन पहल गर्ने जस्ता विषय प्रतिवेदनमा समेट्नुभएको छ । प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई पनि प्रतिवेदनमा उल्लेख गरिएको प्रचण्ड निकट एक नेताले जानकारी दिनुभयो ।