अर्थनीति

राष्ट्र बैंकले गर्‍यो मौद्रिक नीति सार्वजनिक, आर्थिक क्षेत्रको पुनरुत्थानमा सुधार आउने अपेक्षा (पूर्णपाठ)


काठमाडौँ – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई आधार बनाएर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

सरोकारवालाबाट प्राप्त सुझावलाई पनि ध्यान दिइएको उहाँले बताउनुभयो । अधिकारीले आगामी आर्थिक वर्षमा कोरोना महामारीका बीच पनि आर्थिक क्षेत्रको पुनरुत्थानमा सुधार आउने अपेक्षा गर्नुभयो ।

सार्वजनीक नीतिमा सबै स्थानीय तहमा कृषि, लघु तथा घरेलु उद्योग स्थापना र भएकाहरुलाई पनि सहज बनाउन कर्जाका लागि डेस्कको व्यवस्था गर्ने विषय पनि उल्लेख छ ।

पूर्णपाठ