राजनीति

अघिल्लो सरकारको नीति तथा कार्यक्रमलाई संशोधन गरेर नयाँ ल्याउने लुम्बिनीका मुख्यमन्त्रीको भनाइ


काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई संशोधन गरेर नयाँ ल्याउने बताउनुभएको छ । मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नयाँ सरकार आएपछि अघिल्लो सरकारको बजेट र नीति तथा कार्यक्रम संशोधन स्वभाविक हुने बताउनुभयो ।

केन्द्रमा केपी ओलीले जस्तै प्रदेशमा शंकर पोखरेलले पनि संसदबाट भागेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक काम गरेकाले लोकतन्त्र र संसदीय पद्दतिलाई सही ट्रयाकमा ल्याउन पनि प्रदेशसभाबाट नयाँ बजेट ल्याइने केसीले बताउनुभयो । सरकारले तत्कालै नियमित अधिवेशन बोलाएर विश्वासको मत लिने मुख्यमन्त्री केसीले बताउनुभयो ।