राजनीति

कांग्रेस बैठक आज पनि जारी रहने


काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बिहान ११ बजेबाट केन्द्रीय समिति शुरु हुने कार्यतालीका रहेको छ ।

बिहीवार प्रस्तुत भएका समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील छानबिन समितिको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो विचार राख्ने क्रम शुरु भएको छ । आजको बैठकमा पनि यही प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो विचार प्रस्तुत गर्नेछन् । कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका संशोधनका लागि तय गरिएको बैठक अझै केही दिनसम्म लम्बिन सक्ने बताइएको छ । भदौ २३ भित्रमा महाधिवेशन प्रक्रिया शुरु नगरे संवैधानिक संकट आउने देखिएकाले यो केन्द्रीय समितिले स्पष्ट कार्यतालिका सार्वजनिक गर्नैपर्ने बाध्यता रहेको छ ।