राजनीति

सरकारले पूर्णता नपाउँदै देउवा–प्रचण्ड किचलो, एमसीसीकै कारण गठबन्धन संकटमा (भिडियोसहित)


काठमाडौँ – मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाई र गठबन्धनमा देखिएको मतभेदकै कारण प्रधानमन्त्री शेरबहादुर देउवा थप संकटमा परेका छन् ।यसैकारण सपथ खाएको एक महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवालाई भारी पर्दै गएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममाथि तीखो प्रहार गरेका थिए ।प्रधानमन्त्री देउवालाई व्यङगको केन्द्रविन्दुको बनाएका ओलीले एकमहिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै चर्काे आलोचनासमेत गरे ।

असार २९ मा देउवाले चारमन्त्रीसहित प्रधानमन्त्रीका रुपमा सपथ खाएको एक महिना पुग्न थाल्यो ।तर सरकारले पूर्णता पाउन सकेको छैन ।गठबन्धन र आफ्नै पार्टीको फरक समुहलाई मिलाएर जानुपर्ने बाध्यतामा रहेका देउवालाई दलहरु र नेपाली कांग्रेसभित्रै पनि मतभेद चुलिएपछि थप संकट निम्तीएको छ ।
सोमबारमात्रै वरिष्ठ नेता रामचन्द्र पौडेललेसर्वत्र असफल व्यक्ति सत्तामा पुगेको भन्दै देउवाको चर्काे आलोचना गरेका थिए ।पटकपटक असफल व्यक्ति सरकारमा पुगेपछि सरकारलाई पूर्णता दिन ढीलाई भएको उनको आशय थियो । तथापी दलहरुबीच भागबण्डामा केही समस्या परेको र चाडैं टुङग्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने नेताहरु बताउँछन् ।

सरकारलाई पूर्णता दिन नसक्नुमा एमसीसीको विषय पनि कारक बन्दै गएको छ । दलहरुबीच भागबण्डा मिलाएर मन्त्रीमण्डल विस्तार गर्ने तयारी चलिरहेकै बेला सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा एमसीसीबारे कार्यदल स्पष्ट बोलेको थिएन ।

देउवाको चाहनामा रहेको एमसीसी अघि सार्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समर्थन नदिने डरकै कारण कार्यदल चुप बसेको नेताहरु बताउँछन् । किनकि न्यूनतम साझा कार्यक्रममा प्रचण्डकै दबाबले एमसीसी उल्लेख नगरिएको भन्दै प्रधानमन्त्री देउवाले असन्तुष्टि जनाएको उपसभापति विमलेन्द्र निधिले सार्वजनिक गरेका छन् ।

एमसीसीकै कारण गठबन्धनमा खटपट आउने विश्लेषण भइरहेका बेला देउवा–प्रचण्डबीचको तिक्तता बढेपछिमन्त्रीमण्डल विस्तारमा समस्या भएको छ । किनकि माओवादी केन्द्रका नेताहरुले प्रचण्डको सहमति बिना देउवाले एमसीसी अघि बढाउँन खोजे साथ दिन नसक्ने र गठबन्धन नै संकटमा पर्ने संकेत गर्दै आएका छन् ।

गठबन्धनले सरकार विस्तारमा ढीलाई हुनुको कारण प्रमुख प्रतिपक्ष दल एमालेको माधव नेपाल पक्षलाई समेत देखाउँदै आएको छ । माधव नेपाल पक्षलाई सरकारमा सामेल बनाउन पनि मन्त्रीमण्डल विस्तारमा पर्खिनु परेको नेताहरु दाबी गर्छन । जबकी यसअघि नै पटकपटक माधव नेपाल पक्षले सरकार नजाने स्पष्ट पारिसकेको छ ।यद्यपी गठबन्धनभित्र बढ्दै गएको किचलो र भागबण्डा मिलाउन सकस पार्दै गएपछि सरकारमाथि अनेक प्रश्न उब्जीएका छन् ।