राजनीति

लुम्बिनीमा मन्त्रिपरिषद विस्तार, जसपाका तीनै जना मन्त्री


काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । आजै नियुक्त भएका मुख्यमन्त्री केसीले सुरुमा ७ सदस्यीय मन्त्रिमण्डल गठन गर्न लागेका हुन् ।

केसीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरु समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

बिहीबार कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् । चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।