राजनीति

काँग्रेस केन्द्रीय समिति बैठक जारी


काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बसिरहेको छ । बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक ढिला गरी अर्थात ३ बजेपछि मात्रै सुरु भएको हो ।

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेश गरेका छन् । यस्तै काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका पनि प्रस्तुत गरेका छन् । यस्तै बैठकमा महाधिवेशन सार्नेबारे पनि छलफल हुने बताइएको छ ।