राजनीति

लुम्बिनीमा माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बन्दै


काठमाडौँ – लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८९२० बमोजिम सरकारमा दाबी गरेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

केसीलाई सरकार बनाउन चार दलको समर्थन छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्‍याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख शेरचनले बुधबार २४ घण्टाको समय दिएका थिए ।