देश

देशको अन्तिम लडाइँ बहुल राष्ट्रिय राज्यका लागि हुनेछ, अब उपेन्द्र बाबुरामसँग बस्दैनौं : राजेन्द्र महतो


काठमाडौँ – जसपाका अध्यक्षउपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुलाई पदबाट हटाएपछि ठाकुर पक्ष थप संकटमा परेको छ । फरक पार्टी बनाएर जाने कि जसपामै अन्तरसंघर्ष गर्ने भन्ने दोधारमा यो पक्ष रुमलिएको छ ।

बहुमत गुमाएर पार्टी नै गुमाएका अध्यक्ष महन्थ ठाकुरलाई सोमबार उपेन्द्र यादव पक्षलेवैधानिक रुपमै जसपाको अध्यक्षबाट हटाएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिमार्फत साउन १२ मा गरेको निर्णयलाई सोमबार निर्वाचन आयोगले मान्यता प्रदान गरेपछि ठाकुरसहित उनको पक्षमा रहेका केन्द्रीय कार्यकारणी समितिका १६ सदस्यकै पार्टीगत हैसियत गुमेको छ ।

यो संगै आयोगको अभिलेखिकरणमा अब अध्यक्ष ठाकुरसहितका सबै केन्द्रीय सदस्यको हैसियत साधारण सदस्यमा सीमित बनेको छ । अब ठाकुर महतो पक्षका अघि छुट्टै पार्टी दर्ता गर्ने वा अन्तरसघंर्ष गरेर जसपामै रहने भन्ने दुई कठिन विकल्प बाँकी छन् । तर जसपाको विवाद यतिमै सकिएको छैन । आयोगको निर्णयविरुद्ध ठाकुर महतो पक्ष अदालत गएको छ ।

अदालतमा मुद्दा विचाराधीन रहेकाले फैसलाकै आश पर्नुबाहेकको विकल्प नरहेको नेताहरु बताउँछन् । प्रस्तुत छ, छुट्टै पार्टी दर्ता गर्ने वा अन्तरसघंर्ष गरेर जसपामै रहने भन्ने विषयमा जसपाका नेता राजेन्द्र महतोको योजनाबारे योहो टेलिभिजनको ‘सत्य संवाद‘ कार्यक्रममा समाचार प्रमुख जीवराम भण्डारीसँग गरिएको कुराकानी :