राजनीति

देउवा निकट जिल्ला सभापतिको बैठक ६ बुँदे निष्कर्ष निकाल्दै सकियो, महाधिवेशन अहिले हुन नसक्ने


काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुको बैठक सकिएको छ । ललितपुरको समीट होटलमा आज बिहान बसेको बैठकले ६ बुँदे सुझाव तयार पार्दै अहिले महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेको छ ।

त्यसमा अहिले महाधिवेशन गर्न नसकिने प्रमुख निष्कर्ष रहेको ओखलढुंगाका जिल्ला सभापति प्रदीपकुमार सुनुवारले जानकारी दिए ।

भेलाले कोरोना अवधिलाई आधार मानेर महाधिवेशनको अर्को मिति तय गर्न सुझाव दिएको उनले जानकारी दिए । उनका अनुसार अहिले केहीबेरपछि भेलाले तयार पारेको निष्कर्ष सभापति देउवालाई बुझाइनेछ ।