काठमाडौँ – भारत र इंग्ल्यान्डबीचको दोस्रो टेस्ट क्रिकेट आजदेखि सुरु हुँदै छ ।
दोस्रो टेस्ट नेपाली समयानुसार दिउँसो ३ः४५ देखि लर्डस मैदानमा हुने । आजको देखि सुरु हुने टेस्टमा दुबै टिमका केही खेलाडी परिवर्तन हुने छ । इंग्ल्यान्डको टोलीबाट मोइन अलीलाई खेलाउने सम्भावना छ भने भारतका शार्दुल ठाकुरको स्थानमा रवीचन्द्रन आश्विन आउनेछन् ।
पहिलो टेस्टमा भारत बलियो देखिएको पनि दुई टिमबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । वर्षाका कारण खेल रोकिँदा बराबरीमा सकिएको हो ।
इंग्ल्यान्ड पहिलो टेस्टमा भएको गल्तीलाई दोस्रोमा सुधार गर्ने योजनामा छ । दोस्रो टेस्टमा इंग्ल्यान्डका कप्तान जोए रुटबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा हुनेछ । पछिल्लो समय इंग्ल्यान्डको ब्याटिङ लाइन राम्रो देखिएको छैन ।
भारतका कप्तान विराट कोहली पनि आफ्नो ब्याटिङलाई सुधार गर्ने योजनामा हुनेछन् । उनी पहिलो टेस्टमा ‘गोल्डेन डक’ भएका थिए ।
पहिलो टेस्टमा भारतका लागि केएल राहुलले उत्कृष्ट प्रदर्शन गरेका थिए । भारतका जस्प्रित भुमराह पनि उत्कृष्ट फममा छन् । उनले पहिलो टेस्टमा ९ विकेट लिएका थिए ।
प्रतिक्रिया