राजनीति

स्वास्थ्य सेवा चौथो तहको नतिजा सार्वजनिक


काठमाडौँ –बाग्मती प्रदेश लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ चौथो तहको नतीजा प्रकाशन गरेको छ । गएको फागुन १५ गते लिइएको अनमि पदको लिखित परीक्षाको नतीजा सार्वजनिक गरेको हो ।

लिखित परीक्षामा ६ हजार ८ सय ४९ जना सहभागी भएकोमा एक सय ५८ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् । अन्तर्वार्ता भदौ ३० देखि ३१ गतेसम्म तोकिएको छ ।