राजनीति

काठमाडौँ उपत्यकामा आजदेखि भदौ ८ गतेसम्म निषेधाज्ञा थप


काठमाडौँ – काठमाडौँ उपत्यकामा आगामी भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी राति ८ बजेबाट अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चलाउन नपाउने गरी निषेधाज्ञा थप गरेका हुन् ।

सबै प्रकारका सभा, सम्मेलन, खुला स्थानमा भेला हुने, भिडभाड हुने र केही क्षेत्र खोल्न नपाइने गरी निषेधाज्ञा थप भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । काठमाडौं रेड जोनमा पुगेको रिपोर्ट स्वास्थ्यकर्मीहरूले दिइरहेको भन्दै पराजुलीले जुनसुकै वेला निषेधाज्ञा कडाइ हुने बताउनुभएको छ ।