राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १४औँ महाधिवेशनबारे निर्णय हुने


काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । १४औं महाधिवेशन केन्द्रित बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने तय गरिएको छ ।

१४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएकोले सोही विषयमा बैठकले निर्णय लिने नेताहरूले बताएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, महाधिवेशनका लागि आवश्यक काम हुन सकेको छैन । सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौमै वडा तहलगायत तल्ला तहका महाधिवेशन सुरू गरेर असोजमा महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ ।

सभापति देउवाको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ । त्यसपछि कसरी पार्टीको म्याद थप गर्ने भन्नेबारे कांग्रेसले निर्णय गरिसकेको छैन । पौडेलले भदौ २३ पछि वर्तमान केन्द्रीय कार्यसमिति नरहने बताउँदै आउनुभएको छ ।