काठमाडौँ – संघीय संसद राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउने कार्यसूची रहेको छ ।
सचिवालयका अनुसार आजको बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ प्रस्तुत हुने छन् । यसैबीच, आजै ‘लोक सेवा आयोग विधेयक, २०७५ र ‘विद्युत विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया