राजनीति

एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना छ : सभामुख सापकोटा


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेको बताउनुभएको छ । सभामुख सापकोटाले यदि राष्ट्रिय सहमति हुन नसके पनि संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने र त्यो पनि नभए सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति हुनुपर्ने बताउनुभयो ।

अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता अनुमोदनका लागि संसद्मा विचाराधीन छ ।