राजनीति

संविधानलाई सच्याउने कामको नेतृत्व काँग्रेसले गर्नुपर्छ : उपसभापति गच्छदार


काठमाडौँ – सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई सच्याउने कामको नेतृत्व काँग्रेस आफैले गर्नुपर्ने बताउनु भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहासनै समाप्त पार्ने गरी ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धानले आफूमाथि दुश्मनी साँध्ने काम गर्नु अन्तत संविधानमा त्रुटी हुनु रहेको उल्लेख गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व काँग्रेस आफैले गर्नुपर्ने तर्क गर्नु भएको हो ।

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवामाथि गलत सन्देश दिनेगरी प्रचार गरेको भन्दै आपत्ति जनाउनु भयो ।

सहमहामन्त्री महतले पूरानै प्रतिनिधिबाट पार्टीको केन्द्रिय कार्य समिति चयन गरौैं भन्ने पौैडेल पक्षको प्रस्ताव आफैंमा बैधानिक नहुने तर्क गर्नुभयो ।