राजनीति

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा


काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल राजीनामा दिएका छन् ।

प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरु हुनु अगावै उनले राजीनामा दिएका हुन् । पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए । आजको प्रदेशसभाको विशेष अधिवेशन सत्तापक्ष एमालेले बहिष्कार गरेको छ ।

संविधानविपरीत आएको अविश्वास प्रस्तावलाई प्रदेश प्रमुखले मान्यता दिएको भन्दै सत्ता पक्ष अनुपस्थित भएको हो । यद्यपि प्रदेशसभाको कारवाही सभामुख पूर्णवहादुर घर्तीले अघि बढाएको छ ।