काठमाडौँ – सुनको मूल्य बुधबार केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलाको ८९ हजार दुई सय थियो । तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले घटेर ८८ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया