देश

मनिषा कोइरालाले नयाँ दल खोल्ने


काठमाडौँ – चर्चित अभिनेत्री मनिषा कोइराला र वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीलगायत प्रतिष्ठित व्यक्तिहरूले नयाँ राजनीतिक दल जन्माउने तयारी गरेका छन् । धर्मनिरपेक्षता र संघीयताको खारेजीलाई मूल मुद्दा बनाएर नयाँ राजनीतिक दल खोल्न लागिएको हो ।

यसलाई आगामी भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर जन्माउने र न्वारन गर्ने तयारी छ । यद्यपि, टुंगो लागिसकेको भने छैन ।