राजनीति

मन्त्रिपरिषद् बैठक सकिए लगतै लुम्बिनी एमाले संसदीय दलको बैठक सुरु


काठमाडौँ – लुम्बिनी मन्त्रिपरिषद् बैठक भर्खरै सकिएपछि संसदीय दलको बैठक सरु भएको छ । संसदीय दलको बैठकले प्रदेश सभामा मुख्यमन्त्रीसहित सत्तारुढ दलले निर्वाह गर्ने भूमिका सम्बन्धमा निर्णय लिनेछ ।

त्यस्तै प्रदेशसभामा अविश्वास प्रस्तावको सामना गर्नुपर्ने भएपछि मुख्यमन्त्री शंकर पोखरेल राजीनामाको तयारी गरिरहेको छ । राजीनामाको तयारीमा रहेका पोखरेलले के गर्ने भन्ने सम्बन्धमा पनि बैठकमा निर्णय गर्न सक्ने जनाएको छ ।

एमालेकै धेरैजसो सदस्यले राजीनामा दिन सुझाव दिएको स्रोतले जानकारी दिएको छ ।