राजनीति

राष्ट्रियसभा बैठक आज बस्दै


काठमाडौँ – संघीय संसद् अन्र्तगत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट विभिन्न प्रतिवेदन र विद्येयक छलफल र पारितको लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सार्वजनिक सेवा प्रसारण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यस्तै विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको रेल्वे विधेयक छलफलका लागि र रेल्वे विधेयक, पारितको लागि प्रस्तुत हुनेछ । सचिवालयका अनुसार विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको प्रत्यायन विधेयकमाथि छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गरिदैछ । यस्तै प्रत्यायनलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच जुहारी चल्दै आएको छ ।