खेलकुद

दश दिनपछि राष्ट्रिय टोली प्रशिक्षणमा


काठमाडौँ – राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजबाट पोखरा रंगशालामा सुरु हुँदैछ ।

साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । शिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्टलाई चोटको कारण पूर्ण फिट नभएकोले टिममा नराखिएको जनाइएको छ । उनीहरुको स्थानमा शिशिर लेखि र सेसेहाङ आङदेम्बे टिममा सामेल हुने एन्फाले जनाएको छ । यस्तै गोलकिपर विशाल सुनार पनि पोखराको प्रशिक्षणमा सहभागी हुने भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले १० दिनदेखि प्रशिक्षण रोकेको थियो । साफ च्याम्पियनसिप अघि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने योजनामा रहेको छ ।