राजनीति

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक घिसिङले आज नियुक्तिपत्र बुझेर पदबहाली गर्ने


काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त हुनुभएको छ । मुलुकबाट लोडसेडिङ सदाका लागि अन्त्य गरेका घिसिङलाई मन्त्रिपरिषद् बैठकले पुनः प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो ।

घिसिङले आज नियुक्ति पत्र बुझेर पदबहाली गर्दै हुनुहुन्छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय भएको छ । कुलमान घिसिङ चार वर्ष विद्युत् प्राधिकरणमा काम गरेर २०७७ साल भदौ २८ गते बिदा हुनुभएको थियो ।

उहाँको कार्यकालमा काठमाडौं हुँदै देशभर २०७५ साल जेठ १ गने लोडसेडिङ अन्त्यको घोषणा गरिएको थियो । घिसिङले घाटामा गएको प्राधिकरणलाई नाफामा लैजानुभएको थियो ।