राजनीति

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुने


काठमाडौँ – लुम्बिनी प्रदेशको विशेष अधिवेशन आज बस्दै छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन आह्वान भएको हो ।

प्रदेशसभा भवन बुटबलमा दिउँसो १ बजे बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १८ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् । अविश्वासको प्रस्तावपछिको कदमबारे निर्णय गर्न एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ ।

दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने या राजीनामा दिने भन्ने टुंगो लगाउने सरकारका प्रवक्ता समेत रहेका बैजनाथ चौधरीले बताउनुभयो । विपक्षी गठबन्धनले प्रदेशसभा सदस्यलाई होटलमै राखेका छन् । विपक्षी दलहरुसँग स्पष्ट बहुमत रहेको छ ।