राजनीति

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वस्थित सभामुखको कार्य कक्षमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो ।

भेटमा सदनलाई प्रभावकारी बनाउने, विधेयकहरूलाई अघि बढाउने लगायतका विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानले जानकारी गराउनुभयो । भेटमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक सभामुख सापकोटालाई भेट्नुभएको हो ।