राजनीति

फेरि विशाल जनमतसहित मूलढोकाबाटै प्रधानमन्त्री बन्छु : ओली (भिडियोसहित)


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपवित्र गठबन्धन गरेर हटाए पनि आफू फेरि मुलढोकाबाटै प्रधानमन्त्री पदमा फर्किने बताउनु भएको छ ।

प्रमुख प्रतिपक्षी नेताका रुपमा प्रतिनिधिसभामा मंगलबार आफ्ना भनाइ राख्ने क्रममा ओलीले यस्तो बताउनुभएको हो ।
ओलीले आफू प्रधानमन्त्री हुन नभइ देशको सेवाका लागि जन्मिएको पनि बताउनुभयो । ‘म प्रधानमन्त्री हुन जन्मिएको होइन, देशको सेवा गर्न जन्मिएको होु, ओलीले भने, ‘६४ वर्षसम्म त म प्रधानमन्त्री थिइँन तर पनि भइयो ।’