राजनीति

अध्यक्ष ओलीले आज संसदमा सम्बोधन गर्ने



काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने हुनुभएको छ ।


एमाले संसदीय दलका नेता ओलीले विपक्षी दलको नेताकारुपमा संसदमा पहिलोपटक सम्बोधन गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि आज पहिलो पटक ओलीले संसदमा सम्बोधन गर्न लाग्नुभएको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै छ ।