राजनीति

दलविहिन बनेपछि अलपत्र महन्थ पक्ष, सरकारमा जाँदै उपेन्द्र पक्ष



काठमाडौँ – तत्कालिन सत्तारूढ नेकपा एमालेमा विवाद बढिरहेका बेला केपी ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणलाई लिएर जसपा भित्र विवाद चर्किएको थियो । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर बनेको जसपा नेपाल सत्ता साझेदारीकै बिषयमा एकमत हुन नसक्दा विभाजन नै भयो ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिएपछि महन्थ ठाकुर पक्ष दलविहिन बनेको छ । आधिकारिकता नपाएका महन्थ ठाकुर पक्षले पनि आफूहरु अझै जसपामै रहेको भन्दै तराई मधेसमा कार्यक्रम सुरु गरेका छन । ठाकुर पक्ष विस्तारित बैठक आयोजना गर्न थालेको छ ।केपी ओली नेतृत्वको सरकारमा १८ महिना रहेर उपेन्द्र यादवले गर्न नसकेको कार्य आफूहरुले १८ दिनमा गरेको दाबी गर्दै कार्यकर्तालाई प्रशिक्षण दिइरहका छन ।

महन्त पक्ष निर्वाचन आयोगको निर्णय प्रति असन्तुष्ट छ । आयोगको निर्णयको बिरोधमा सर्बोच्चोको ढोकामा पुगेको थियो । तर सर्बोच्चोले पनि महन्थको मागअनुसार अन्तरिम आदेश नदिएपछि कतिपय नेता तथा कार्यकर्ताहरु अन्योलमा छन । त्यसैले कार्यकर्ता भड्किन नदिने अहिले महन्थ पक्ष मधेसका बिभिन्न जिल्लामा अगुवा कार्यकर्ता भेलामा जुटेको हो । शनिबार चार वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ । साउन ११ गते निर्वाचन आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष कार्यकर्ता भेलामा व्यस्त बनेको छ । उक्त पक्षले साउन २२ गतेदेखि भदौं ९ गतेसम्म अगुवा कार्यकर्ता भेलाको तालिका सार्वजनिक गरिसकेको छ ।

पार्टीको आधिकारिकता पाएसंगै बिपक्षी गठन्धनमा रहेको जसपा सरकारमा जाने तयारी गरको छ । तर सरकारमा जाँदा मन्त्रीहरुको नेतृत्व कसले गर्ने, कोको मन्त्री बन्ने भन्ने विषयमा सहमति नहुँदा ढिलाई भइरहेको छ ।सोमबार निर्वाचन आयोगले जसपा पार्टी अधिकारिकताको विवादमा उपेन्द्र यादवको पक्षमा उभिएका ३५ जना केन्द्रीय कार्यकारिणी समितिलाई आधिकारिक रुपमा अभिलेखीकरण गरेको छ । आयोगको यो अभिलेखसँगै जसपाको अध्यक्ष महन्थ ठाकुर वैधानिक रुपमा पार्टीको अध्यक्षबाट हटेका छन् ।