राजनीति

भदौ १ र २ मा जसपा केन्द्रीय समितिको बैठक बस्ने


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भदौ १ र २ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । काठमाडौँमा बस्ने गरी बोलाइएको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार, कार्यविभाजनलगायत विषयमा छलफल हुने जसपाले जनाएको छ ।

यसअघि पार्टी एकीकरण भई जसपा बनेपछि हालसम्म केन्द्रीय समिति बैठक बस्न सकेको थिएन। निर्वाचन आयोगले आफूलाई पार्टीको आधिकारिकता दिएसँगै अध्यक्ष यादवले बैठक बोलाएका हुन्। जसपाको केन्द्रीय समितिमा ८०१ सदस्य छन्।

यादव पक्षले कुल केन्द्रीय सदस्यमध्ये ५ सयभन्दा बढी आफ्नो पक्षमा रहेको दावी गरेका छ ।