राजनीति

पौडेल पक्षका जिल्ला सभापतिहरुको बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको बैठक बस्ने भएको छ। क्रियाशील सदस्यता विवाद टुंगो नलागेर समयमा महाधिवेशन नहुने भएसँगै पौडेलपक्षले बोलाएको जिल्ला सभापतिको बैठक सोमबार दिउँसो बस्दै छ।

महाधिवेशन हुन नसकेको अवस्थामा सभापतिहरुको राय लिन भेला डाकिएको नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बताए। भेलाले क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको कामकारबाही र आगामी चुनावमा केन्द्रित रहेर छलफल गरी आवश्यक रणनीति लिइने छ ।

जिल्ला सभापतिहरुकै सक्रियतामा बैठक डाकिएको नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बताए। आफु पक्षका जिल्ला सभापतिहरुको बैठक निरन्तर बसिरहेको र आजको बैठकमा काठमाडौंमा उपलब्ध जिल्ला सभापतिको सहभागिता रहने केसीले बताए।

बैठकमा महाधिवेशन समयमा गर्न दबाब दिने विषयमा छलफल हुने उनको भनाइ छ। साथै, बैठकले क्रियाशील सदस्यताको सूची छिटो प्रकाशन गर्न नेतृत्वलाई दवाब दिने विषयमा समेत छलफल गर्ने उनको भनाइ छ।