समाचार

एसईई नतिजामा खोक्रो खुसी, आफ्नो बच्चाको नतिजा देखेर बुबाआमा नै अचम्मीत

स्कुलको मार्केटिङ


काठमाडौँ – कोरोना भाइरसको प्रभाव स्वरुप दुई शैक्षिक सत्रदेखि एसइइ विद्यार्थीहरुको परीक्षा मुल्यांकन आन्तरिक रुपमा हुँदै आएको छ । यस वर्षको एसइइ परीक्षामा सहभागी विद्यार्थीहरुको नतिजालाई लिएर शैक्षिक क्षेत्रका जानकारहरुले मात्रै होइन विद्यार्थीकै अविभावकहरुले अस्वभाविक मानेका छन् ।

गत वर्ष जस्तै यो वर्ष पनि कोरोना महामारीका कारण विद्याथीहरुले भौतिक रूपमा उपस्थित भएर कक्षा १० को परीक्षामा सहभागी हुन सकेनन् । परीक्षामा सहभागी हुन नसक्ने अवस्था आएपछि गत वर्ष नै सरकारले विद्यालयहरूलाई नै नतिजा सिफारिस गर्ने अधिकार दिएको थियो ।

त्यसोत राष्ट्रिय परिक्षा बोर्डले कक्षा १० को नतिजा आन्तरिक मूल्याकंनको आधारमा शनिबार सार्वजनिक ग¥यो । तर, विद्यालयहरूले यसपटक पनि विद्यार्थीलाई आफूखुसी अस्वाभाविक नम्बर दिएको आरोप लागेको छ ।

गत वर्ष एसईईमा ४ लाख ७२ हजार ७८ विद्यार्थी सहभागी भएका थिए । यी मध्य ९ हजार ३ सय १९ जनाले ४ जीपीए ल्याएका थिए । यसपटक एसईईमा ४ लाख ८४ हजार २ सय ७८ जना सहभागी भएकामा ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४ सय ४४ छ । तर, गत वर्ष भन्दा यो वर्ष जीपीए ल्याउनेको संख्या केही कम छ ।

बोर्डले परीक्षा सञ्चालन गर्दा २०७५ मा १ सय ६ र २०७४ मा ७४ जनाले मात्रै ४ जीपीए पाएका थिए । विगतको तुलनामा जीपीए ल्याउने विद्यार्थीको संख्या अस्वभाविक रुपमा बढेको छ । जसलाई शिक्षा क्षेत्रका जानकारहरुले नतिजालाई देखाएर आफ्नो विद्यालय उत्कृष्ट रहेको देखाउने विद्यालय सञ्चालकहरु गलत होड भएको बताएका छन् ।

गत वर्षको जस्तो यो वर्ष पनि विद्यालयले आफूखुसी नम्बर दिने प्रवृत्ति रोक्न बोर्डले यसपटक कार्यविधिमा कडाइ गरे पनि नतिजा प्रकाशनमा भने सुधार हुन सकेन । बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित ‘एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८’ जारी गरेको थियो । तर, कतिपय विद्यालय भने कार्यविधि विपरीत नम्बरलाई यसपटक पनि बोर्डले मान्यता दिएको छ । सामुदायिक विद्यालयले मनपरी अंक दिने प्रवृत्तिमा थोरै सुधार गरेपनि विद्यालयले भने गत वर्षजस्तै बढाएर नम्बर दिएको पाइएको छ । आफ्नो विद्यालयमा अध्यनरत विद्यार्थीहरुको क्षमताअनुसार नै नम्बर पठाएको पशुपति मित्र मा.वि प्रधानध्यापक चन्द्र कान्त पण्डित बताउछन् ।

असाइन पब्लिक स्कुलका प्रधानध्यापक गगन सिंह र्एय भने विद्यालयले विद्यार्थीहरुलाई मनपरी नम्बर नदिएको यो हल्ला मात्र रहेको बताउछन् ।

आफ्नो हातमा डाडु पन्युँ आइपुगेको बेला जसो गरे पनि हुन्छ भन्ने धारणाले नीजि क्षेत्रलाई गाँजेको विज्ञहरुको टिप्पणी छ । अविभावकको नजरमा राम्रो बन्न र क्षणिक आनन्द दिलाउन र विद्यार्थीलाई आफ्नो विद्यालयमा आकर्षित गराउन कतिपय विद्यालयहरुले मनोपरी नगरेका हा्इनन् । तर त्यस्ता प्रवृत्तिका विद्यालय सञ्चालकहरुलाई कानुन बमोजिम गर्न समेत सरकारी निकाय कमजोर बन्दा गुणस्तरीय शिक्षा आर्जन धुमिल बनेको हो ।